कम्पनी जानकारी
| 2025 | फेब्रुअरी २०२५ मा, ब्रास्टेलले रिचार्ज गर्न मिल्ने प्रिपेड सेवा 'टप सिम' र त्यो सेवा सञ्चालन गर्ने विषेश एप्प बजारमा ल्यायो । सेप्टेम्बर २०२५ मा, ब्रास्टेलले ई-सिम सपोर्टको थालनी गर्यो, जसाबाट मोबाइल कनेक्टिभिटी थप सुविधाजनक र लचिलो भयो । |
|---|---|
| 2024 | सेप्टेम्बरमा, ब्रास्टेलले प्राइभेसी मार्क लाइसेन्स (दर्ता नम्बर २१००४४९०(०४)) नवीकरण गर्यो ।
सेप्टेम्बरमै, ब्रास्टेलले Gogolook को Whoscall सँग सहकार्य गरेर स्प्याम र ठगी गर्ने कलहरूलाई पहिचान गर्न र संचालन दक्षता सुधार गर्न Basix को इजी कलमा कलरको जानकारी देखाउने सेवा सुरु गर्यो । |
| 2023 | जनवरीमा ब्रास्टेलले, ब्रास्टेल रेमिट एप्पमा खमेर भाषा थप्नुको साथै ISMS प्रमाणीकरण (IS 778730 / ISO 27001) प्राप्त गर्यो । अक्टोबरमा, ब्रास्टेलले एउटा योग्य इन्भोइस जारीकर्ता हुनको लागि आवेदन दियो र एक क्वालीफाइड इन्भोइस दर्ता नम्बर: T5010601030547 प्राप्त गर्यो । नोभेम्बरमा, माई ०५० नम्बर प्राप्त गर्नका लागि आवश्यक eKYC (इलेक्ट्रोनिक नो नो योर कस्टमर) प्रवाहमा सुधार गरियो (अनधिकृत प्रयोग रोक्नको लागि नयाँ प्रयोगकर्ता जानकारी दर्ता योजना ल्याइयो)। डिसेम्बरमा, ब्रास्टेलले आईएमटी सदस्यहरूका लागि एउटा नयाँ ब्रास्टेल कार्ड जारी गर्यो जस मार्फत ग्राहकहरूले एकैपटकमा १० लाख यनसम्म डिपोजिट गर्न मिल्ने भयो । |
| २०२२ | मार्चमा, ब्रास्टेलले आफ्नो अन्तर्राष्ट्रिय मनी ट्रान्सफर व्यवसायको १० औं वार्षिकोत्सव मनाएर सोही अनुसार सेवाको लोगो र एप्पको लोगो परिवर्तन गर्यो । मे महिनामा, ब्रास्टेलले ब्रास्टेल रेमिट सेवाका लागि एजेन्ट व्यवस्थापन प्रणाली (AMS) सुरु गर्यो र टर्कीस भाषामा ब्रास्टेल रेमिट वेबसाइट जारी गर्यो । सेप्टेम्बरमा, ब्रास्टेलले माई ०५० आइपी फोन सेवाको लागि बिलिङ नीति परिवर्तन गर्यो र भर्चुअल ब्रास्टेल कार्ड जारी गर्यो । |
| २०२१ | जनवरीमा, ब्रास्टेलले जापानका राष्ट्रिय कारागारहरू र बाल सुधार केन्द्रहरूमा प्रिपेड टेलिफोन कार्डहरू उपलब्ध गराउन शुरू गर्यो ।
अप्रिलमा, ब्रास्टेलले जापानमा (८ ठाउँहरूमा) भएको इमिग्रेसन सर्भिसेज एजेन्सी डिटेन्सन सेन्टरहरूमा अन्तर्राष्ट्रिय टेलिफोन प्रणाली र ब्रास्टेल प्रिपेड टेलिफोन कार्डहरू सूचारू गर्यो ।
मेइमा, संशोधित फण्ड सेटलमेन्ट कानून अनुसार, ब्रास्टेलले एउटा रकम स्थानान्तरण सेवा प्रदायक प्रकार २ (कान्तो फाइनेन्स बिउरो डाइरेक्टर नं. ००१६) को लागि लाइसेन्स दर्ता गरायो ।
जुलाईमा, ई-पेमेन्ट विधि "माई पेमेन्ट" ले आफ्नो कार्यक्षेत्र विस्तार गर्योः त्यसपछि जापान भरि भएका लसन स्टोरहरूमा ब्रास्टेल कार्ड रिचार्ज गर्न मिल्ने भयो । |
| २०२० | फेब्रुअरी २०२० बाट, इ-पेमेन्ट विधि "माई पेमेन्ट" ले आफ्नो कार्यक्षेत्र बढायोः तब देखि जापान भरि भएका सेभेन इलेभेन र सेइकोमार्ट स्टोरहरूमा ब्रास्टेल कार्ड रिचार्ज गर्न मिल्ने भयो । नोभेम्बर देखि फ्यामिलिमार्टबाट पनि रिचार्ज गर्न मिल्ने भयो ।
मार्चमा, ब्रास्टेलले लाइभ च्याट प्रयोगमा ल्यायोः कस्टमरहरूको जिज्ञासाहरूलाई, ब्रास्टेलको प्रतिनिधिहरूले प्रत्यक्ष रूपमा, फेसबुक र अन्य सामाजिक संजाल मार्फत समाधान गर्न सजिलो बनाउने ब्याक-एन्ड अनलाइन सपोर्ट सफ्टवेयर । मार्चको अन्त्यमा, ब्रास्टेलका कर्मचारीहरू र उनीहरूका पारिवारहरूको साथ-साथै यस कम्पनीसँग जोडिएका सम्पूर्ण व्यक्तिहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखि कोरोनाभाइरस फैलन नदिन विभिन्न उपायहरू अवलम्बन गर्न सुरू गर्यो ।
अप्रिलमा, ब्रास्टेलले कम्पनीका सबै शाखाहरूमा सदस्यता लिन आउने कस्टमरहरूको परिचय प्रमाणिकरण गर्ने प्रकृया छिटो बनाउनको लागि नयाँ फेस-टु-फेस विधिको शुरूवाट गर्यो । टेलिकम तिर, ब्रास्टेलले हानेदा एयर पोर्ट इमिग्रेसन सेन्टरबाट ब्रास्टेल प्रिपेड कार्डसँग प्रयोग गर्नको लागि टेलिफोन सेवाहरू जडान गर्ने ठेक्का प्राप्त गर्यो ।
जुलाई २०२० मा, ब्रास्टेलले सामजिक संजालबाट ब्रास्टेल रेमिट एप्पमा लगइन गर्ने विकल्प थप गर्यो, जसले गर्दा नयाँ खाता खोल्नुको सट्टा तेश्रो पक्ष खाता (एप्पल, फेसबुक, गुगल) प्रयोग गरेर साइन इन गर्न मिल्ने भयो ।
अक्टोबरमा, ब्रास्टेलले आफ्नो मौजुदा प्राइभेसी मार्क लाइसेन्स (नं. २१००४४९०(०२)) नवीकरण गरायो ।
डिसेम्बरमा, ब्रास्टेल रेमिटको नयाँ ल्याण्डिङ पेज बन्यो र ब्रास्टेल रेमिट एप्पमा पनि एउटा नयाँ सुविधा थपियोः कर घोषणाको लागि चाहिने विगतका कारोबारहरूको स्टेट्मेन्ट प्रिन्ट वा सेयर गर्न मिल्ने भयो । |
| २०१९ | फेब्रुअरी २०१९ बाट, ब्रास्टेलले बेसिक्स बिज्नेस फोनमा लो-कस्ट कल सेन्टर विषेशताहरू थप गर्यो । मार्च २०१९ मा, ब्रास्टेलले ब्रास्टेल रेमिट एप्पमा इकेवाइसी, तुरून्तै फोटो खिच्ने प्रकार्य थप गर्यो । इकेवाइसीबाट प्रयोगकर्ताहरूको आफ्नो घरको ठेगाना प्रमाणीकरण गर्न सक्ने भए । प्रयोगकर्ताहरूले अब विद्युतिय माध्यमबाटै ठेगाना प्रमाणीकरणको लागि प्रमाण पेश गर्न सक्ने भएकोले नन्-फेस-टु-फेस दर्ता/कारोबार प्रकृयामा व्यक्तिगत पहिचान गर्ने कार्य छिटो र छरितो भयो, जसकारण दर्ता र प्रमाणीकरण समय छोट्टिन गयो । अप्रिल १ बाट ब्रास्टेलले, ब्रास्टेल कार्ड रिचार्ज गर्ने एउटा नयाँ तरिका "माई पेमेन्ट" शुरू गर्यो । एनटीटी इन्टर्नेट कर्पोरेसनले उपलब्ध गराएको यो सेवाले, कस्टमरहरूलाई कन्भिनीयन्स स्टोरहरूमा एउटा स्मार्ट बारकोड देखाई कागजविहीन भुक्तानीहरू गर्ने सुविधा दियो । मे महिनाबाट, दर्ता भएका एजेन्टहरूले विदेशी समुदायका अझ धेरै कस्टमरहरू सम्म ब्रास्टेल रेमिट एप्प पुर्याउन सकोस भनेर ब्रास्टेलले आफ्नो रेमिटेन्स व्यवसायको लागि एफ्फीलिएट सिस्टम ल्यायो । डिसेम्बर २०१९ मा, दूरसंचार व्यवसाय कानूनमा संशोधन भएको लगतै, ब्रास्टेलले आन्तरिक मामिला तथा संचार मन्त्रालयबाट एउटा सेल्स एजेन्ट नोटिफिकेसन नम्बर (सी१९१६११०) प्राप्त गर्यो । |
| २०१८ | ओसाकाको नाम्बा, विदेशीहरू माझ सपिङ्ग र रमाइलो गर्ने केन्द्रको रूपमा लोकप्रिय र रणनीतिक हिसाबले राम्रो स्थान भएकोले मार्च २०१८ मा ओसाकाको अफिस त्यहाँ सारियो । मे २०१८ मा, ब्रास्टेलले आफ्नो दोश्रो शाखा कार्यालय गुन्मा प्रिफेक्टरको ओइजुमी शहरमा खोल्यो । ब्रास्टेल रेमिट एप्पमा केहि विशेषताहरुको साथै नयाँ दर्ता र डिपोजिट विधिहरू थप गरियो जसले गर्दा फरक फरक आवश्यकता भएका कस्टमरहरूलाई यो अझ बढी उपयोगी भयो । जुलाई २०१८ मा, बास्टेलले ब्यक्तिगत जानकारीलाई सबै सान्दर्भिक कानून र नियमहरूको पालना गरि सुरक्षित राख्न उचित कदमहरू लिएको पुष्टी गरियो, र प्राइभेसी मार्क (दर्ता नम्बरः २१००४४९०) प्रदान गरियो । |
| २०१७ | अक्टोबर २०१७ बाट, जापानमा मोबाइल नम्बर नभएर एसएमएस मार्फत अधिकार प्राप्त गर्न नसक्ने कस्टमरहरूलाई लक्षित गरेर ब्रास्टेलले आफ्नो वितरण गर्ने च्यानलहरू मार्फत ०५० फ्री सर्भिस नम्बर दिन शुरू गर्यो । नोभेम्बर २०१७ बाट, ब्रास्टेलले आफ्नो कर्पोरेट ग्राहकहरुको लागि बोडर्लेस मोबाइल वाइ-फाइ (स्काइबेरी)को मार्केटिङ शुरू गर्यो । क्लाउड सिम टेक्नोलोजीमा आधारित यसले प्रयोगकर्ताहरूलाई एक समान शुल्कमा इन्टर्नेट चलाउन दिन्छ । डिसेम्बर २०१७ मा, ब्रास्टेलले २४सै घण्टा ७तै दिन कन्भिनियन्स स्टोर एटिएमहरूबाट सजिलै ट्रान्सफरहरू गर्नको लागि ब्रास्टेल रेमिट एप्पको शुरूवात गर्यो । |
| २०१६ | सेप्टेम्बर २०१६ मा, यो क्लाउड-बेस्ड पिबिएक्स सेवा "बेसिक्स"लाई सफ्टबैंक रोबोटिक्सको पेप्पर फर बिज एप्लिकेसनमा एउटा आपी फोन जसरी प्रयोग गरियो । नोभेम्बरमा, जापान भ्रमणमा आउनेहरू र विदेश जाने जापानिजहरूको लागि चारवटा (अंग्रेजी, चाइनिज, कोरियन र थाइ) भाषाहरूमा तुरून्तै हुने दोभाषे सेवा शुरू गर्यो । |
| २०१५ | मार्च २०१५ मा, ब्रास्टेलले गुन्मा प्रिफेक्टरको ओटा सहरमा एउटा शाखा कार्यालय खोल्यो । अप्रिल २०१५ मा, क्लाउड-बेस्ड पिबिएक्स "बेसिक्स"ले जेनडेक्ससँग आफ्नो सिटिआइ सहकार्य शुरू गर्यो । |
| २०१४ | मार्च २०१४ मा, ब्रास्टेलले व्हाइट-लेबल ०५० फ्री क्लाउडसफ्टफोन एप्प शुरू गर्यो । यो व्हाइट लेबलले ब्रास्टेललाई, डेभलपर्ले रिलिज गरेको, अप्डेटहरू सार्वजनिक हुन अघि जाँच गर्न र नियन्त्रण गर्न दिन्छ । सेप्टेम्बरमा, जापान ट्राभल सिम प्रिपेड डाटा सिम कार्डलाई ब्रास्टेल कार्ड मार्फत टप-अप गर्ने सुविधा र भिओआइपी सेवाहरू दिन ब्रास्टेलले इन्टर्नेट इनिसिएटिभ जापान इन्क.सँग व्यापारिक साझेदारीको घोषणा गर्यो । |
| २०१३ | एसएमएस मार्फत अधिकार हस्तान्तरण गर्ने गरि ब्रास्टेलले क्लाउडसफ्टफोन एप्प प्रयोगकर्ताहरूको लागि ०५० नम्बरहरू जारी गर्न शुरू गर्यो । यो अवधि सम्ममा ब्रास्टेल रेमिटले एकदम प्रतिस्पर्धात्मक शुल्कहरू र, त्यो भन्दा पनि महत्वपूर्ण, अनलाइनबाट जहिले पनि हेर्न सकिने एकदम प्रतिस्पर्धात्मक विनिमय दरहरूमा जापानबाट संसार भरिका ८० भन्दा बढी देशहरूमा रेमिटेन्स सेवा उपलब्ध गरायो । |
| २०१२ | मार्च २०१२ मा ब्रास्टेलले, अन्तर्राष्ट्रिय मनि ट्रान्सफर सेवा (कान्तो फाइनान्सियल बिउरोको डारेक्टर जनरलबाट लाइसेन्स प्राप्त, लाइसेन्स नं. ०००१६), ब्रास्टेल रेमिट स्थापना गर्यो । सजिलो, छिटो अनि सुविधाजनक तरिकाले पैसा ट्रान्सफर गर्नको लागि कस्टमरहरूले अनलाइनबाटै दर्ता र ट्रान्ज्याक्सन रिक्वेस्टहरू गर्न सकोस भनेर ब्रास्टेलले ब्रास्टेल रेमिटले युजर वेबसाइट बनायो । |
| २०११ | मार्च २०११ मा कम्पनीले, उद्यमहरूको लागि एउटा भ्वाइस सलुशन प्लाट्फर्म सेवा, ब्रास्टेल क्लाउडको भव्य रूपमा मार्केटिङ शुरू गर्यो । यो एप्लिकेसन उपलब्ध गराउने पार्टनरहरूसँगको सहकार्यमा, ब्रास्टेलले स्मार्टफोनहरूबाट मिनेटको ४.३३ यनको दरमा (त्यतिबेलाको सबभन्दा कम दर) अन्तर्राष्ट्रिय कलहरू गर्न सकिने अफर निकाल्यो । डिसेम्बरमा, ब्रास्टेल सिप सर्भिस शुरूवात गरेर ब्रास्टेल एउटा सिप ट्रंक सेवाप्रदायक बन्यो । अगस्त २०११ मा, कस्टमरहरूलाई नेपाली भाषामा सेवा दिन नेपालमा एउटा सम्पर्क कार्यालय स्थापना गर्यो । |
| २०१० | सेप्टेम्बर २०१० मा, ब्रास्टेलले कम्प्युटर प्रयोगकर्ताहरूको लागि ब्रास्टेल वेबफोन शुरूवात गर्यो । भियतनामिज र चाइनिज भाषामा कस्टमर सपोर्ट दिन भियतनाममा एउटा अफिस खोल्यो । |
| २००९ | अप्रिल २००९ मा ब्रास्टेलले, जापानमा भएका विदेशीहरूलाई प्राथमिकताका साथ सेवा दिने पहिलो मोबाइल भर्चुअल नेटवर्क अपरेटर (एमभीएनओ)कम्पनी, इमोबाइल लि.सँग साझेदारी गरेर ब्रास्टेल मोबाइल शुरू गर्यो । यो नयाँ सेवाले (ब्रास्टेल मार्फत किनेको) ब्रास्टेल मोबाइल र इमोबाइल फोनहरूबाट अन्तर्राष्ट्रिय कलहरू अन्य सेवाप्रदायकहरूको भन्दा ७५% कम रेटमा गर्न मिल्छ । त्यहि वर्ष, ब्रास्टेलले फ्लिप सर्भिस स्तरिकरण र बिस्तार गर्न नयाँ प्याकेजहरू जारी गर्योः थप गन्तब्यहरूमा प्लस नम्बर, र कल फर्वडीङ विकल्प । ब्रास्टेलले क्रियटिभ ब्लग बनाएर फेसबुक, टुइटर र यूट्युब जस्ता साइटहरूमा जोडिए पछि आफ्नो अनलाइन उपस्थितिलाई बलियो बनायो । कस्टमर सर्भिस सपोर्ट/वेब डेभ्लप्मेन्टको लागि ब्रास्टेलले इण्डोनेशियामा एउटा वैदशिक शाखा खोल्यो । |
| २००८ | जनवरीमा, ब्रास्टेलले चाइनाको लागि असीमित कलिङ प्लान, र फ्लिप सर्भिसलाई एउटा सार्वजनिक फोन जसरी प्रयोग गर्नको लागि फ्लिप सेरिङको शुरूवाट गर्यो । मे २००८ मा, कस्टमर सर्भिस सपोर्ट दिन ब्राजिलको लनड्रीनामा एउटा नयाँ अफिस खोल्यो । जुन महिनामा, ब्रास्टेलका कस्टमरहरूको लागि अन्तर्राष्ट्रिय गिफ्ट सर्भिसको शुरूवाट गर्यो । यो सेवा प्रयोग गरेर जापानमा भएका कस्टमरहरूले फिलिपिन्स, इण्डोनेसिया, नेपाल, श्रीलंका र थाइल्याण्डमा भएका आफ्ना परिवार र साथीहरूलाई सपिङ्ग भाउचर पठाउन सक्ने भयो । ब्रास्टेलले श्रीलंका र थाइल्याण्डमा वैदेशिक शाखा खोल्यो र सम्बन्धित भाषाहरूको लागि कस्टमर सेन्टर त्यहाँ सार्यो । नोभेम्बर २००८ मा, सार्वजनिक र इन्टरनेट टेलिफोन नेटवर्कहरू बिच आइएसपी-फ्री इन्टरकनेक्सन गर्न ब्रास्टेल सक्षम भयो । ब्राजिलमा जापानी अध्यागमनको १०० वर्ष मनाउन ब्रास्टेलले ७ देखि १८ वर्षका बच्चा र युवाहरू बिच एउटा चित्र प्रतियोगितालाई प्रोत्सान दियो । बिजेता चित्रलाई ब्रास्टेल कार्डको विषेश संस्करणमा प्रिन्ट गरेर त्यसको आयको आंशिक भाग शैक्षिक प्रोजेक्टहरूलाई टेवा दिन प्रयोग गर्यो । |
| २००७ | जनवरीमा, कस्टमरहरूले सबभन्दा नयाँ इन्टरनेटबाट आवाज (VoIP) टेक्नोलोजी प्रयोग गरेर देश भित्र र अन्तर्राष्ट्रिय कलहरू गर्न सकोस भनेर ब्रास्टेलले फ्लिप नाम दिएर एउटा इन्टरनेट फोन सेवा निकाल्यो । जापान, संयुक्त राज्य अमेरिका र हङ्कङ्गमा भएका कस्टमरहरूलाई अंग्रेजी र ट्यागलग भाषामा सेवाहरू र प्राविधिक सहायता दिनलाई ब्रास्टेलले फिलिपिन्समा आफ्नो पहिलो वैदेशिक ग्राहक केन्द्र खोल्यो । |
| २००६ | ब्रास्टेलले आफ्नो सेवाहरू बिस्तार गरेर २००६को शुरूवाट गर्यो । अप्रिलमा ब्राजिलको साउ पावलोमा आफ्नो अफिसको उद्घाटन गर्यो र जापानको नागोयामा आफ्नो दोश्रो ब्रान्च अफिस खोल्यो । जुन २००६ मा, जापानमा भएका संस्थागत प्रयोगकर्ताहरूलाई लक्षित गरेर ब्रास्टेलले इनोभेटिभ ब्रास्टेल आइपी सेन्ट्रेक्स, एएस्पी सिस्टममा आधारित एउटा आइपी फोन सेवा, शुरूवात गर्यो । यो सेवाबाट कस्टमरहरूले ठूलो प्रारम्भिक लगानी नगरि अपरिहार्य व्यापारिक फोन प्रकार्यहरू र पीबीएक्स जस्ता विकल्पहरू प्रयोग गर्न पायो । तीन महिना पछि, यो सेवालाई "बेसिक्स" भनेर रिब्राण्ड गरियो । कस्टमरहरूलाई अंग्रेजी र जापानिजमा इन्टरनेटबाट प्रत्यक्ष रूपमा सहायता प्रदान गर्न अक्टोबरमा अनलाइन लाइभ सपोर्ट (जापान)को शुरूवाट गरियो । त्यहि महिनामा, चयन गरिएका वितरकहरूले भुक्तानी प्राप्त गर्न मिल्ने र ठाउँको ठाउँमै ब्रास्टेल कार्ड रिचार्ज गर्न मिल्ने बनाउनको लागि ब्रास्टेलले पीटीआर रिचार्ज सिस्टम निकाल्यो । डिसेम्बरमा कम्पनीले आफ्नो दशौँ वार्षिकोत्सव मनाएर वर्षको अन्त्य गर्यो । त्यो उत्सव मनाउन ७० लाख यनको पुरस्कारहरू वितरण गर्ने देखि लिएर विशाल मार्केटिङ अभियानको घोषणा गर्यो । |
| २००५ | अप्रिल २००५ मा, ब्रास्टेलले संस्थागत प्रयोगकर्ताहरूलाई मध्यनजर गरेर अन्तर्राष्ट्रिय कलहरूको लागि आफ्नो संस्थागत योजना निकाल्यो । अन्तर्राष्ट्रिय रिचार्ज (विदेशको मोबाइल फोनमा पैसा हाल्न), क्रेडिट ट्रान्सफर (नयाँ वा पहिलै दर्ता भएको प्रयोगकर्तासँग ब्रास्टेल कार्डको रकम आदानप्रदान गर्न), र अन्तर्राष्ट्रिय एसएमएस जस्ता मूल्य-अभिवृद्धि सेवाहरूको शुरूवात गर्यो जसले छिटै नै प्रयोगकर्ताहरू माझ लोकप्रियता हासिल गर्यो । ब्राजिलको संगीत, चलचित्र, वास्तुकला, डिजाईन र फेसन सहित विभिन्न परिप्रेक्ष्यबाट ब्राजिलियन संस्कृतिलाई फोकस गर्न, नोभेम्बर २००५ मा, ब्रास्टेलले आफ्नो कल्चरल विभाग टुपीनिक्वयम इन्टर्टेन्मेन्ट खडा गरेको घोषणा गर्यो । डिसेम्बरमा, ब्रास्टेलले हङ्कङ्गमा भएका फिलिपिनो र इण्डोनेशियन प्रयोगकर्ताहरूलाई ब्रास्टेल कार्ड बाँडेर सेवा विस्तार गर्यो । |
| २००४ | जनवरी २००४ मा, ब्रास्टेलले ओसाकामा एउटा शाखा खोलेर आफ्नो व्यापार विस्तार गर्यो । जापानमा सस्तीएको अप्टिकल फाइबर ब्रोडब्याण्ड ट्रान्समिशन्सको विकाससँगै बढीरहेको एएसपी सफ्टवेयरको लोकप्रियताले गर्दा आइपी मार्फत डाटा र फोटोहरू मात्र हैन, अडियो पनि पठाउन मिल्यो । यहि टेक्नोलोजीलाई फोकस गर्दै, २००४ मा ब्रास्टेलले सानो र मध्यम आकारको कम्पनीहरूको लागि आइपी पीबीएक्स (एउटा उद्यम भित्रको टेलिफोन स्वीचिङ सिस्टम)को एउटा आदिरूप विकास गर्न शुरू गर्यो । त्यही वर्षमा, ब्रास्टेलले अन्य देशहरूबाट जापानमा कलहरू गर्नको लागि ब्रास्टेल कार्ड (अन्तराष्ट्रिय टोल फ्री सेवा) मार्फत नयाँ सुविधाहरू दियो । |
| २००३ | जुन २००३ देखि, संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा भएका ल्याटिनो र जापानिज समुदायहरूलाई लक्षित गरेर ब्रास्टेलले कलिङ सेवाहरूको शुरूवात गर्यो । |
| २००२ | जनवरी २००२ मा, ब्रास्टेल एउटा शेयर कम्पनीको रूपमा पुनर्गठन भयो, र आफ्नो अधिकृत पूंजी बढाएर ३ कारोड यन पुर्यायो । एन्टीटी इष्ट, एन्टीटी वेस्ट, एन्टीटी कम्युनिकेशनस् एण्ड मोबाइल फोन अपरेटर्स जस्ता प्रमुख सेवाप्रदायकद्वारा नियन्त्रित जापानिज पब्लिक स्विच्ड नेटवर्क (पीएसटीएन)सँग इन्टरकनेक्सन भएको प्रिपेड प्लाटफर्म प्रयोग गर्ने सामान्य प्रकार दुईको सेवाप्रदायकहरूको (अन्तर्राष्ट्रिय कलहरू प्रदान गर्ने) बजार नेतृत्व ब्रास्टेलले गर्यो । २०० भन्दा धेरै देश र क्षेत्रहरूमा बढ्दो कलहरू राम्रोसँग ट्र्याक गर्न, र सिस्टमलाई लचिलो र स्थिर बनाउन ब्रास्टेलले आफ्नो कस्टमर रिलेसनसिप म्यानेजमेन्ट (सीआरएम) र स्वीचिङ सिस्टममा सुधार गर्यो । यो इन्टरकनेक्सनले गर्दा ब्रास्टेलले आफ्नै डाइरेक्ट प्रिफिक्स नम्बरहरूः ००९१-२० र ००९१-२१ प्रयोग गर्न सक्षम बन्यो । जसकारण अक्टोबर २००२ बाट ब्रास्टेलले डोमेस्टीक शुल्कहरू सम्मिलित अन्तर्राष्ट्रिय कलहरू पहिलेको भन्दा सस्तो दरमा र एक स्टेप डायलिङ प्रकृयाबाटै गर्न सकिने विकल्पको शुरूवात गर्यो । |
| २००१ | नोभेम्बर २००१ मा, संसारको टेलिकम कम्पनीहरू मध्ये ब्रास्टेल पहिलो त्यस्तो कम्पनी बन्यो जसले कन्भिनियन्स स्टोरहरूमा कागजविहीन पेमेन्ट सिस्टमबाट प्रिपेड कार्डहरू रिचार्ज गर्ने तरिका प्रयोगमा ल्यायो । एनटीटी कम्वेयरले बनाएको स्मार्ट पिट पेमेन्ट सिस्टमले कागजको कुपनहरूको साटो कार्डमा प्रिन्ट भएको बारकोड प्रयोग गर्छ । नोभेम्बर २००१ मा, ब्रास्टेलले आन्तरिक मामिला तथा संचार मन्त्रालयबाट तोकिएको एक्सेस नम्बर ००९१-२० र ००९१-२१ (00XY N1 N2) प्राप्त गर्यो । |
| २००० | फेब्रुअरी २००० मा, यस कम्पनीले कन्भिनियन्स स्टोरहरूमा कागजी कुपनहरूबाट रिचार्ज गर्न मिल्ने पहिलो अन्तर्राष्ट्रिय प्रिपेड कार्डको शुरूवात गर्यो । |
| १९९९ | अगष्ट १९९९ मा, ब्रास्टेलले अन्तर्राष्ट्रिय कलहरूको लागि प्रिपेड कार्डहरू बेच्न शुरू गर्यो । |
| १९९८ | सीधै जापानबाट सेवा जडान गर्न ब्रास्टेलले, एउटा नामी जापानिज दूरसंचार कम्पनी KDDI (पहिलेको KDD)सँग सम्झौता गर्यो । अक्टोबर १९९८ मा, आफ्नो दोश्रो सर्भर जडान गरेर ब्रास्टेल वर्ल्डकमसँग जोडियो । |
| १९९७ | नोभेम्बर १९९७ मा, ब्रास्टेलले आन्तरिक मामिला तथा संचार मन्त्रालयबाट दूरसंचार व्यवसायीकरणको लागि नोटिफिकेसन नम्बर ए-०९-२५७१ प्राप्त गर्यो । |
| १९९६ | डिसेम्बर १९९६ मा एउटा सीमित दायित्व भएको कम्पनीको रूपमा स्थापित भएको ब्रास्टेल कं.लि.ले, मुख्यतय जापानमा बसोबास गरिरहेका ब्राजिलिएन समुदायलाई लक्षित गरेर, कलब्याक सेवाहरूबाट (संयुक्त राज्य अमेरिका मा आधारित) आफ्नो सेवाहरूको शुरूवात गरेको थियो । |
No comments:
Post a Comment